Sunday, March 25, 2018

अनल मेमोरियल खुल्ला बास्केट्बल प्रतियोगिता सम्पन्न ,रकभिल टोली प्रथम

गेथेसबर्ग , मेरिल्याण्ड्,  नेपाल स्पोर्टस एण्ड कल्चर र ईन्टरनेशनलको आयोजना गत मार्च २४ का दिन सम्पन्न अनल मेमोरियल खुल्ला बास्केट्बल प्रतियोगिता सम्पन्न भएको छ ।व उक्त प्रतियोगितामा म्यारिल्याण्ड को रकभिल शहरको द बालर्स टोली प्रथम भएको छ ।

यसै गरि बाल्टिमोरको “ म्याग्दी समाज “ बास्केटबल टोलि द्वितीय तथा हवार्ड् विश्वबिद्यालयका टोलि तृतीय भएका छन् । वासिङ्टन स्थित हवार्ड बिश्व बिद्यालयका नेपाली विद्यार्थीहरू नेपालको बुढानीलकण्ठ (सेब्स )बिद्यालयका भूतपूर्व विद्यार्थीहरू हुन् ।

 

बिजयी टोली तथा खेलाडिहरूलाई संस्थाकी अध्यक्ष सीता पाण्डे, बाना( बाल्टिमोर्) कि अध्यक्ष अनु श्रेष्ठ वन्त ,वरिष्ट पत्रकार योगेश उपाध्याय, सस्थाका उपाध्य क्ष द्वय मिलन राई, केमिका भण्डारी ,सचिब प्रकाश नेपाल ,आन्वाकि भूतपूर्व अध्यक्ष बिष्णु कुमारी थापा ,नेपाली ख्याती प्राप्त (सेलिब्रेटी )कलाकार मिनाक्षी बन्दना चौधरी तथा अन्य ब्यक्तित्वहरूले प्रमाणपत्र , ट्रफी तथा नगद पुरस्कार बितरण गरेका थिए ।

प्रथम हुने टिमका खेलाडिहरूमा रोहण रिसाल ,विवेक चवान ,महमेद सिल्विम्यान्,मोरोक्को विक्टर र जोमाटले भाग लिएका थिए । दोश्रो हुने म्याग्दी समाजका खेलाडीहरूमा प्रेम सिके ,लुइ छन्त्याल्,सनम शेर्पुजा,सागर मल्ल,दिपक शर्मा,झाबिन थापा तथा गोबिन्द फरामि थिए ।

यसै गरी तृतिय हुने टोलीका खेलाडिहरूमा बिश्वास अधिकारी, सम्मान बिक्रम थापा, आयुश गुप्ता, रिशप लामिछाने,सौरव केशरी अर्याल्, समिप बराल, प्रज्वल दंगाल ,प्रत्युश थापाले भाग लिएका थिए ।

अमेरिकामा रहेको खेलकूद सबन्धी रहेको यो संस्थाले ले नियमीत रूपमा गल्फ प्रतियोगीता पनि आयोजना गर्दै आइरहेको छ । खेलको लागि प्रायोजन गर्नेहरुमा बास्तोला एकाउन्टीङ्ग ,एरो ट्राभल्स ,करी प्यालेस रेस्टुरेन्ट तथा डलर एण्ड मोर रहेका थिए । सर्वाधिक महत्वपूर्ण खेलाडीमा सम्मान थापा भएका छन् ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...