Friday, March 23, 2018

डेनमार्कद्वारा पानामा १–० ले पराजित, डेनमार्कलाई घरेलु मैदानको लाभ

डेनमार्क, ९ चैत । रुस विश्वकप फुटबलको तयारीमा रहेको डेनमार्कले मैत्रीपूर्ण खेलमा पानामालाई पराजित गरेको छ । बिहीबार राति घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा डेनमार्कले पानामालाई १ – ० ले हराएको हो ।

ब्रोएन्डबी स्टेडियनमा भएको खेलमा डेनमार्कलाई जित दिलाउन पायन सिस्टोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६९ औं मिनेटमा सिस्टोले डेनमार्कको लागि निर्णायक गोल गरेका हुन् ।

त्यसअघि खेलको ५६ औं मिनेटमा ब्लास परेजले रातो कार्ड पाएपछि पानामा १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा उठाउदै डेनमार्कले साँघुरो जित निकालेको हो ।

आगामी जेठमा हुने रुस विश्वकपमा डेनमार्क युरोप र पानामा उत्तर अमेरिकाबाट छनोट भएको हो । रुस विश्वकपको तयारीको लागि दुई टोलीले मैत्रीपूर्ण खेल खेलेको हो ।

विश्वकपमा डेनमार्क समूह सी मा रहेको छ । डेनमार्कले पेरुसँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ । यस्तै समूह जी मा रहेको पानामाले बेल्जियमसँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...