Friday, March 23, 2018

एकतापछि पोर्टफोलियो मिलाउन माओवादीको विस्तारित बैठक

काठमाडौं, ९ चैत । नेकपा एमालेसँग एकीकरणपछिको पोर्टफोलियो मिलाउने छलफलका लागि नेकपा माओवादी केन्द्रले विस्तारित बैठकको तयारी गरेको छ ।

आइतबारसम्ममा पार्टी एकीकरणका लागि बनेको कार्यदलले अन्तरिक राजनीतिक प्रतिवेदन बुझाएपछि एकीकरणले गति पाउने भएपछि नेताहरूको पोर्टफोलियोका विषयमा बहस गर्न विस्तारित बैठक डोकेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए ।

शुक्रबार संघीय समाजवादी फोरमबाट माओवादी केन्द्रमा प्रवेश गरेका अजम्बर काङमाङलाई स्वागत गर्दै प्रचण्डले यस्तो जानकारी दिएका हुन् ।

प्रचण्डले एमालेसँग पार्टी एकता हुँदा सबै नेतालाई उचित ढंगले संगठनमा राखिने बताए । ‘त्यसका लागि विस्तारित वैठक डाकिएको हो’, उनले भने,‘तपाईहरुलाई उचित ढंगले संगठनात्मक सेटमा राख्न सकिन्छ ।’

एमाले–माओवादी केन्द्र गठबन्धनले राजनीतिक र सािंगठनिक विषय हल गर्न दुई कार्यदल बनाएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...