Friday, March 16, 2018

डिसी राजधानी मन्दिरमा बंगलादेश बिमानमा मृत्यु भएका लागि प्रार्थनाको आयोजना गरिने

 

विजय थापा ,अमेरिकाको डिसी महानगर को भर्जिनिया स्थित राजधानी मन्दिरमा नेपालमा बंगलादेशको बिमान दुर्घटना मा परि मृत्यु हुने हरुको लागि प्रार्थनाको आयोजना गरिने भएको छ ।

आगमी आइतबार मार्च १८ तारिख साँझ ५ देखि ६ बजे सम्म हुने उक्त प्रार्थनामा मैन बत्ति बालि दिवंगत हुनेहरुका लागि आत्मा को चिर शान्तिको कामना गर्दै प्रार्थना गरिने भएको छ ।

कार्यक्रम को आयोजना अमेरिका नेपाल सोसाइटी को युवा समूह टेन्डर हार्ट फाउन्डेसन को अगुवाईमा हुने भएको छ । उक्त कार्यक्रमको लागि यस क्षेत्रमा बसोबास गर्ने सवैमा उपस्थिति जनाई दिनु हुन् समेत अमेरिका नेपाल सोसाइटीका वर्तमान अध्यक्ष प्रभा भट्टराई देउजाले यसै मार्फत आग्रह गरेकी छिन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...