Friday, March 16, 2018

पर्यटन प्रवद्र्धन गर्न हातेमालो गर्नुपर्छ : राजदूत पुरी

चितवन, २ चैत: नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह  पुरीले पर्यटन प्रवद्र्धनका लागि दुई देशबीच हातेमालो गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका र भारतीय महावाणिज्य दुतको कार्यालय वीरगञ्जले आज यहाँ संयुक्तरुपमा आयोजना गरेको नेपाल–भारत दुई देशीय पर्यटन प्रवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै उहाँले नेपाल र भारतका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरू पुग्नका लागि सहजै सकिने भएकाले एक देशको पर्यटकीय ठाउँहरूको बारेमा अर्काे देशमा प्रचारप्रसार गर्न सकेमा दुवै देशको पर्यटन प्रवद्र्धन हुने बताउनुभयो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले पर्यटन प्रवद्र्धन गर्न महानगर लागिपरेको बताउँदै योजनाबद्धरुपमा पर्यटन प्रवद्र्धन गर्ने बताउनुभयो ।

भारतीय महावाणिज्य दूतको कार्यालय वीरगञ्जका महावाणिज्यदूत बिसी प्रधान, प्रदेश सांसद कृष्णप्रसाद भूर्तेल, मिलनबाबु श्रेष्ठ, घनश्याम दाहाल लगायतले एक देशका पर्यटक अर्काे देशमा लैजान सके दुई देशको पर्यटन प्रवद्र्धन गर्न सहज हुने विचार व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...