
अमेरिका जस्तो प्रविधिको उच्च सुविधा भएको देशमा कर्मचारीको सामान्य लापरवाही बाट ठुलो मुल्य चुकाउनु पर्ने हुन्छ । अमेरिकामा राम्रो संग हवाई ब्यबसाय गरि रहेको युनाईटेड हवाई जहाज को सामान्य लापरवाही बाट अमेरिकाको ओरेगन शहर बाट क्यानसस शहर पुग्नु पर्ने कुकुर जापान पुग्न गएको छ ।
गल्तिको कारण यस्तो घटना भएकोले माफ माग्दै उक्त कुकरलाई जापान बाट निजि बिमान आरक्षित गरेर भए पनि कुकर मालिकलाई जिम्मा लगाईएको छ । १० बर्षिय जर्मन शेपर्ड जातको कुकर ११ हजार माइल्स टाडा बाट ४८ घण्टा लागएर अमेरिकाको कुकुर को घर क्यानसस सिटि (शहर ) उतारिएको छ ।
जब विमानस्थलमा कुकुर मालिक्नीले देखे पछि रुदै र उत्साहित हुदै कुकुरलाई स्वागत गरेकी छिन् । उनले आस्चर्य मान्दै अन्तत्वगत्वा कुकुर आयो भन्दै प्रतिक्रिया दिएकी छिन् ।
गत बिहिबार जापान को नारिता भन्ने शहर बाट इर्गो नामाक कुकुरलाई क्यान्सस शहरमा सकुसल ल्याएको थियो । यसरी कुकुरलाई विमानमा कुकुर पिंजरा भित्र राखेर ल्याउदा कुकुर मर्ने पनि गरेका छन् ।
No comments:
Post a Comment