Thursday, March 8, 2018

नारी दिवसमा रौतहटका दुई लेखिका सम्मानित

सञ्जय मित्र, रौतहट
अन्तर्राष्टिय नारी दिवसको अवसरमा रौतहटका दुई नारी स्रष्टालाई गरुडा नगरपालिकाले सम्मानित गरेको छ । गरुडा नगरपालिकाको आयोजनामा गरुडामा भएको कार्यक्रममा रौतहटका महिला साहित्यकारद्वय रेणु गुप्ता र समतोलिया मुखियालाई उपमेयर रंगीलादेवी जयसवालले सम्मानित गरेका छन् । साहित्यकार गुप्ताका अनुदित तथा सम्पादित गरी चार कृति प्रकाशित छन् भने मुखियाका दुई कृति प्रकाशित छन् । पेसाले शिक्षक रहेका दुवै महिला साहित्यकारमध्ये गुप्ता रौतहट जिल्लामा माध्यमिक विद्यालय तहमा एकमात्र महिला प्रधान शिक्षक समेत हुन् ।

कार्यक्रमको अवसरमा नगरपालिकाले समाजको विभिन्न क्षेत्रमा योगदान पु¥याउने महिलाहरु उषा शाही, पत्रकार प्रभा सिंह, महिला नेतृ वीणा साह, अनिता कर्ण, साबित्री साह, मालादेवी जयसवाल, ज्येष्ठ नागरिकत्रय मखनी देवी, सुनरपति मुसहरनी, शान्ति देवी जयसवाल, इलाका प्रहरी कार्यालय गरुडाका तीन महिला प्रहरी कर्मचारी, विभिन्न वडाका महिला वडा प्रतिनिधिहरुलाई पनि नगरले सम्मानित गरेको छ ।

नगर प्रमुख रंगीला देवी जयसवालले आफूले महिलाहरुको हकहितमा सकेको योगदान दिइरहने बताउँदै गरुडा नगरपालिकामा ऐतिहासिक रुपमा भव्यताका साथ पहलोचोटि महिला दिवस मनाएको र अब महिलाहरुले पनि समाजको सबै क्षेत्रमा योगदान दिने क्रम बढेको बताएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...