Thursday, March 8, 2018

बज्जिका साहित्यगोष्ठी सम्पन्न

सञ्जय मित्र, रौतहट
बज्जिका भाषा र साहित्यको क्षेत्रमा सक्रिय बज्जिका साहित्य संगम रौतहटको बाइसौँ साहित्यगोष्ठी मित्र निबास गरुडामा सम्पन्न भएको छ । संगम अध्यक्ष श्याम सहनी चन्द्रांशुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार सञ्जय मित्र, बज्जिका भाषा शिक्षक प्रतिष्ठान नेपालका अध्यक्ष सफिन्द्रप्रसाद यादव, बज्जिका पत्रकार संघ नेपालका अध्यक्ष राजेश्वर पाण्डे, बज्जिका गायक तथा लेखक शेख चाँद अलि, समतोलिया कुमारी मुखिया, रेणुकुमारी गुप्ता, बज्जिका खबर ब्लग स्पटका सम्पादक मनोजकुमार चौधरी, साहित्यकार रामआधार पासवान, भोला पासवान, महेन्द्र राय यादव, राजेन्द्र साह, शिवचन्द्र साह शिवेशलगायतको उपस्थिति थियो । उपस्थित सबैले रचनावाचन गर्नुका साथै बज्जिक भाषा र साहित्यसित सम्बन्धित विभिन्न विचार प्रकट गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...