Thursday, March 8, 2018

नेपाल आइडलले मेरो गाडी र पुरस्कारनै नदिने भए सबैले सहयोग गरिदिनुहोस् – बुद्ध लामा (भिडियो सहित)

एपी वान टेलिभिजनबाट प्रशारित नेपाल आइडलको पहिलो संस्करणका विजेता बुद्ध लामाको एउटा अडियो अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ । अडियोमा बुद्धले नेपाल आइडल भएवापत पुरस्कारमा जितेको कार अहिलेसम्म चलाउन नपाएको गुनासो गरेका छन् ।

‘मैले पुस्कारमा पाएको जितेको कार पाएँ, तर ब्लु-बुक पाएको छैन । ब्लुबुक नपाएपछि गाडी कसरी चलाउने ?’लामाका अनुसार उनलाई ८ लाख रुपैयाँ ट्याक्स मागिएको छ, जुन तिर्न सक्ने स्थितिमा उनी छैनन् ।

‘म कति धाउनु ? कति धाउनु ? आठ महिनादेखि धाउँदैछु हेर्नुस । यो त मेरो खास कामै होइन नी । चेक दियो घरमा पैसा छैन । कताबाट ल्याउने ? आठ लाख माग्छ मैले कहाँबाट ल्याउने ? तिनीहरुले तिरेर ल्याउनुपर्ने होइन र यो त ?’

उनले भने, ‘पहिले ट्याक्स आफूले तिर्नुपर्ने कुरा प्रष्ट भनिएको थिएन र पछि मात्रै यो कुरा थाहा छैन । आठ लाख रुपैयाँ मसँग नभएकाले कार चढ्न पाइनँ ।’ हेर्नुहोस भिडियो रिपोर्ट किन बढ्यो त नेपाल आइडल र बुद्ध लामाको दुरी जसका कारण बुद्धले यस्तो गर्नु पर्यो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...