Thursday, March 8, 2018

नेपाल आइडलका आयोजकलाई चेतवानी, २४ घण्टा भित्र पुरस्कार दिनुहोस् नत्र हाम्रो भोटको पैसा फिर्ता दिनुहोस (भिडियो रिपोर्ट)नेपाल आइडलका आयोजकलाई चेतवानी, २४ घण्टा भित्र पुरस्कार दिनुहोस् नत्र हाम्रो भोटको पैसा फिर्ता दिनुहोस (भिडियो रिपोर्ट)

एपी वान टेलिभिजनबाट प्रशारित नेपाल आइडलको पहिलो संस्करणका विजेता बुद्ध लामाको एउटा अडियो अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ । अडियोमा बुद्धले नेपाल आइडल भएवापत पुरस्कारमा जितेको कार अहिलेसम्म चलाउन नपाएको गुनासो गरेका थिए.

सार्जनिक भएको एउटा अडियोमा उनले भनेका थिए, ‘मैले पुस्कारमा पाएको जितेको कार पाएँ, तर ब्लु-बुक पाएको छैन । ब्लुबुक नपाएपछि गाडी कसरी चलाउने ?’ लामाका अनुसार उनलाई ८ लाख रुपैयाँ ट्याक्स मागिएको छ, जुन तिर्न सक्ने स्थितिमा उनी छैनन् ।‘म कति धाउनु ? कति धाउनु ? आठ महिनादेखि धाउँदैछु हेर्नुस । यो त मेरो खास कामै होइन नी । चेक दियो घरमा पैसा छैन । कताबाट ल्याउने ? आठ लाख माग्छ मैले कहाँबाट ल्याउने ? तिनीहरुले तिरेर ल्याउनुपर्ने होइन र यो त ?’

मलाई अप्ठेरो न अप्ठेरो लागिरहेको छ भन्दै उनले यो सन्देश भाइरल बनाइदिन सबैसँग आग्रह गरेका छन् ।उनले भने, ‘पहिले ट्याक्स आफूले तिर्नुपर्ने कुरा प्रष्ट भनिएको थिएन र पछि मात्रै यो कुरा थाहा छैन । आठ लाख रुपैयाँ मसँग नभएकाले कार चढ्न पाइनँ ।’

उक्त कुरा बाहिर आएपछी सामाजिक संजाल यति बेला एपीवान र नेपाल आइडल बिरुद आगो बनेको छ र नेपाल आइडल आयोजकलाई आफुहरुको भोटको पैसा फिर्ता गर्ने समेत चेतावनी दिइएको छ.हेर्नुहोस भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...