Sunday, March 11, 2018

सभामुख महराद्वारा शपथ ग्रहण

काठमाडौँ, २७ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई आज पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र)का नेता महरा शनिबार सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा भएको शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक र सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...