Sunday, March 11, 2018

आन्टा क्यालिफोर्निया शाखा मा ध्रुव कुमार झा को नेतृत्वमा नया समिति गठन

अमेरिकामा तराई मूलका नेपाली समुदायले स्थापना गरेको दि एसोसिएसन् अफ नेपाली तराईएन इन अमेरिका नामक गैर मुनाफा संस्थाको क्यालिफोर्निया शाखा मा ध्रुव कुमार झा को नेतृत्वमा नया समिति गठन भएको छ ।

गत मार्च ३ तारिख होली पर्व को अवसरमा क्यालिफोर्निया शाखाको निर्माण गर्नु को साथै समिति गठन गरेको संस्थाकी केन्द्रिय प्रवक्ता अपराजिता झाले छापा बिज्ञप्ति निकाली जानकारी दिएकी छिन् ।

यसको साथै नया समिति सर्व सम्मति बाट चयन भएको हो । मूलत अमेरिकामा रहेता पनि तराई वासीहरुले आफ्नो पहिचान ,भाषा ,साँस्कृतिक धरोहर आदि लाई अमेरिकामा छरिएर रहेका सबै संग नजदिक सम्बन्ध ,सहयोग तथा संजालमा ल्याउनु रहेको छ ।

यसको साथै नया समितिले एकता गर्दै सवैलाई जोड्ने प्रतिबद्धता गरेका छन् । नया समितिमा ध्रुव कुमार झा अध्यक्ष ,रंजित बाबु प्रसाद वरिष्ट उप सभापति ,राज यादव उपाध्यक्ष तथा प्रियंका दास महा सचिमा निर्वाचित भएकी छिन् ।

यसै गरि सह सचिवमा माधुरी कुमारी ,कोषाध्यक्षमा समिता दत्त सुमन तथा प्रवक्तामा सिकेन्द्र ठाकुर निर्वाचित भएका छन् । यसै गरि कार्यकारी समिति सदस्यहरुमा संगीता देव ,अदिति ठाकुर ,यामिनी कुमार ,आराधना साह ,रोहित मिश्रा तथा नविन महतो निर्वाचित भएका छन्

यसै गरि सल्लाहकारहरुमा क्रमस डा अर्चना कायस्थ ,डा ओम प्रकाश शर्मा ,डा सन्दिप सुमन ,डा प्रिती नाने ,सुजित सिंह ,सितान्शु कुमार तथा जय प्रसाद मण्डल मनोनित भएका छन्

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...