Friday, March 2, 2018

एनआरएनए आईसिसिको भाषा र साहित्य कमिटी

कुनै पनि देश संबृद्धहुन तब मात्र संभव छ । जव त्यो देश आर्थिक रुपमा सबल हुन्छ । त्यो देश आफ्नै भाषा साहित्य कला र सस्कृतिलाई मज्वुत बनाएर राख्न सफल हुन्छ । भाषा भनेको त्यो राष्ट्रको पहिचान हो । परंम्परा देखि चल्दै आएका संस्कृति सभ्यताहरु र सम्पदाहरु हाम्रा पहिचानहरु हुन । ती पहिचानहरुलाई विश्व सामू पुर्याउन र संसारका हरेक कुनामा छरिएर रहेका नेपालीहरुलाई नेपालको भुगोल र इतिहाँसबारेमा ज्ञान हुन जरुरी छ । नेपाली भाषा साहित्य कला र संस्कृतिकको महत्वका बारेमा जानकारी गराउँदै लैजानु पर्दछ । हामीले नेपालका बारेमा लेखिएक पुस्तकहरु गहिरिएर पढ्ने बानी बसायौं भने मात्र ती कुराहरुमा अध्यावशिक हुन सक्दछौ । यीनै कुरामा गैह्रआवासिय नेपाली संगठनले जोड दिदैं आएको छ ।

नेपाली भाषामा लेखिएका गहन सामाग्रीहरुलाई विश्व सामू पुर्याउन नसक्दा ती हिराका टुक्राका रुपमा रहेका कृतिहरुलाई मानिसले चिन्न र जान्न पाएका छैनन् । ती कृतिहरुका गहिराइ र विशेषताहरुलाई विश्वव्यापीकरण गर्न ढिला भइ सकेको छ । यो कुरालाई ह्रृदयंगम् गरी एनआरएनए आइसिसिले यूरोपका क्षेत्रीय सह निर्देशक श्री गोविन्द प्रसाद गौतमको संयोजकत्वमा भाषा र साहित्य उपसमिति २०१७ -२०१९ गठन गरेको छ ।

सबै महादेशहरुलाई समेटेर बनाउन प्रयास गरिएको यस सब कमिटीमा छ जना क्षेत्रिय सहसंयोजकहरु । उन्नाइस जना सदस्यहरु र पाँच जना सल्लाहकारहरु रहेका छन् ।

संयोजक श्री गोविन्द प्रसाद गौतम रुस

सह संयोजकहरु १ डा .श्री लेखनाथ काफ्ले ताइवान (एशिया प्यासिफिक)

२ डा.श्री गोविन्द सिं रावत क्यानडा, (नर्थअमेरिका)

३ श्री महेन्द्र कडेल यूके (यूरोप)

४ श्री निश्प्रव साजी अष्ट्रेलिय (ओशियाना)

५ भगवती बस्नेत इज्रायल

६ रमेश कडेल अफ्रिका युगाण्डा

सदस्यहरुमा निलम कार्की यूएसए, प्रकाश पौडेल जापान ,सुरेन उप्रेती क्यानडा ,कमला प्रसाई यूएसए, रामकृष्ण शर्मा अष्ट्रेलिया ,डा मन मूर्ति भुर्तेल रुष, गोविन्द राम कडेल स्कटल्याण्ड ,विमल गिरी वेल्जियम, अमित राई कुवेत, फडिन्द्र भट्टराई यूके, शिव चापागाई डेनमार्क ,सर्वज्ञ वाग्ले यूएसए ,गणेश घिमिरे अष्ट्रेलिया ,विष्णु रिजाल स्पेन ,महेश्वर पन्त यूएसए, इश्वरी भट्ट यूएसए, सीताराम घिमिरे अष्ट्रेलिया अर्चना गुरुङ अष्ट्रेलिया ओमार गुरुङ स्पेन हुनु हुन्छ । त्यस्तै गरी सल्लाहकारहरुमा

श्री गंगा उप्रेती कुलपति प्रज्ञाप्रतिष्टान नेपाल

श्री जीवा लामिछाने पूर्व अध्यक्ष एनआरएनए आइसिसि

श्री हिक्मत थापा कोषाध्यक्ष एनआरएनए आइसिसि

श्री रमेश पौडेल रेडियो नेपाल

श्र कृष्णधारावासी साहित्यकार यूएसए

एनआरएनए आइसिसि भाषा साहित्य सब कमिटीले २०१३मा एनआरएनएले प्रज्ञाप्रतिष्ठान संग गरेको सम्झौतालाई निरन्तरता दिँदै अगाडि बढ्नेछ । आवश्यक परेमा अरु सम्झौता गरी नेपाली भाषा साहित्य र संस्कृतिको श्रीवृद्धमा सहकार्य गर्दं अगाडी बढ्नेछ । त्यस्तै गरी विश्भरी छरिएर नेपाली भाषा साहित्य संस्कृतिका संम्बर्धन र विकाशमा लागेका संघ संस्थाहरु सँग सहकार्य गर्दै नेपाली भाषाको विकाशका लागि अगाडि बढ्नेछ । यस कमिटीले नेपामा लेखिएका उत्कृष्ट पुस्तकहरुको विभिन्न देशका स्थानियभाषाहरुमा अनुवाद गराउने छ । यसै गरी कमिटीले प्रवाशम छरिएर रहेका नेपाली भाषाको पढाइ हुने पाठशालाहरुको तथ्याङक संकलन गर्ने छ । ती विधालयहरुका लागि आवश्यक पर्ने पाठ्यपुस्तकमा एकरुपता ल्याउन प्रयास गर्नेछ । यस सब कमिटीले विभिन्न संघ संस्था व्यक्तीहरुबाट फण्डरेज गरेर दीर्घकालिनरुपमा नेपाली भाषा साहित्य र संकृतिको सेवा गर्न सक्षम र सवल हुनेछ । नेपाली भाषाको संबृद्धिका लागि सेमिनार, गोष्टी ,साहित्यिक प्रकाशनहरु, पुरस्कार र सम्मान दिने काम गर्नेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...