Saturday, March 24, 2018

न्यूयोर्क च्याप्टरले गिरिजा बावुलाई संम्झियो ।

 


न्यूयोर्क – यहि मार्च २३ तारीख २०१८ शुक्रवारका दिन नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले जन-नायक गिरिजा प्रसाद कोइरालाको ८ औं पुण्य स्मृति दिवस एक स्मृति सभाको आयोजना गरी भव्यताका साथ सम्पन्न गरेको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य श्रीमती रत्न शेरचनको प्रमुख आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा न्यूयार्कका बिभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधिहरूले देश र जनताका निमित्त गिरिजा प्रसाद कोइरालाले गरेको योगदानका बारेमा चर्चा गर्दै श्रद्धा सुमन अर्पण गरेका थिए ।

प्रमुख अथितिको रूपमा बोल्दै श्रीमती शेरचनले नेपालको ईतिहाँसमा लोकतन्त्र प्राप्तिका निमित्त लामो संघर्ष गर्ने महान योद्धाको रूपमा गिरिजा प्रसाद कोईरालालाई लिनुपर्ने कुरा राखेका थिए । उहाँको कद नेपालमा मात्र होईन दक्षिण एसियामा नै उचो भएको बताउँदै, उहाँ काँग्रेसको मात्र नभई समग्र राष्ट्रको नेता भएको कुरा बताएका थिए । बिशेष अथितिको रूपमा बोल्दै पूर्व केन्द्रीय सदस्य सुनील कुमार भण्डारीले अपोजिशनको कुरालाई, क्रिटिसाईजलाई सहज ढंगले सुन्नसक्ने तागत भएको महान लोकतान्त्रिक नेताको रूपमा आफुले गिरिजा प्रसाद कोईरालालाई चिनेको कुरा बताउँदै, आफु धेरै लामो समय सम्म गिरिजा प्रसादको निकट रहेर केन्द्रीय समितिमा बसेको हुनाले आफ्नो पुरै व्यक्तिगत जीवनमा गिरिजा प्रसादको प्रभाव परेको कुरा स्मरण गर्दै भावुक बनेर कोईरालालाई श्रद्धासुमन अर्पण गरेका थिए ।

अर्का बिशेष अथिति नेकाको आमन्त्रित केन्दीय सदस्य एवं नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले, जब नेपालमा लोकतन्त्र जोखिममा थियो उतिवेला गिरिजा प्रसाद कोईरालाको निर्देशनमा आफुले अमेरिकाको बिभिन्न सम्बन्धित निकायहरूमा नेपालमा लोकतन्त्र प्राप्तिका निमित्त भएको आन्दोलनहरूको नेतृत्व गर्दा गिरिजा प्रसाद कोईरालासंगको सम्बादले आफु अत्यन्तै प्रभावित बनेको कुरा स्मरण गर्दै, उहाँ कार्यक्रतालाई अतिनै माया र सम्मान दिने नेताको रूपमा लिएको कुरा राखेका थिए । कार्यक्रमका अर्का अथिति नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले गिरिजा प्रसाद कोईराला सेल्प मेड म्यान भएको कुरा बताउँदै, ४ वटा कुरामा कोईरालालाई देश र जनताले सधैं सम्झिरहने बताएका थिए । १. लोकतन्त्र प्राप्तिको निमित्त अनवरत संघर्ष र योगदान गरेको । २. लोकतन्त्रलाई केन्द्रमा राखी माओवदीको हिंसात्मक द्वन्द्वलाई शान्तिपूर्ण ढंगले समाधान गरेको ३. मुलुकबाट राजसंस्थाको अन्त्य गर्दै, सहमति र सहकार्यको राजनीतिको अध्याय सुरूगरी संघिय लोकतान्त्रिक गणतन्त्र नेपाललाई लोकतान्त्रिक संविधान दिलाउनका निमित्त संविधान सभाको निर्वाचन गराएको । ४. राज्यको नियन्त्रणबाट मुक्त पार्दै, उदार र प्रतिस्पर्धात्मक आर्थिकनीति मुलुकमा भित्र्याउँने नेतृत्वदायी भुमिका गरेको प्रति देश र नेपाली जनताले जननायक गिरिजा प्रसाद कोईरालाई सधै सम्झिरहने कुरा बताउँदै महासचिव नेम्बाङले उहाँप्रति श्रद्धासुमन अर्पण गरेका थिए ।

अन्य श्रद्धान्जली मन्तव्य राख्नेहरूमा, नेजस केन्द्रीय सदस्य प्रमानन्द खनाल, प्रवासी नेपाली मन्चका महासचिव राधाकृष्ण देउजा, संघिय मंन्च अमेरिकाका उपसभापति बिनोद पोमु, रिजुड नेपाली समाजका अध्यक्ष रवि किरण कोईराला, एनआरएन एनसिसिका सचिव होम गौतम, एनआरएन न्यूयोर्क च्याप्टरका सभापति रामहरी अधिकारी,एनआरएन एनसिसिका सदस्य संजय थापा, नेबिसंघ अमेरिका शाखाका सभापति महेन्द्र शाह, स्पोर्ट एण्ड कल्चरका सचिव संजिव श्रेष्ठ, जनजाति संघका प्रेम गुरूंग,नेपाल अमेरिकन कलाकार संघका उपसभापति डिवी पुलामी, युक्रा न्यूयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई , शिव बानियाँ , अर्जुन मैनाली, शारदा छेत्री, डम्बर जंग गुरूगं लगायत थिए ।

नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाका सभापति रोशन ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको स्मृति सभाको संन्चालन च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए भने स्वागत मन्तव्य च्याप्टरका उपसभापति अमर तामांगले गरेको उक्त कार्यक्रम

स्थानीय ज्याक्सन हाईटको थकाली किचनमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...