Wednesday, March 28, 2018

अमित वावु रोकायाको मार्मिक लय सिर्जनामा “भुँईको धुलो” हेर्नुहोस भिडियो सहित

काठमान्डाँै , चैत्र १७
प्रेमी र प्रेमका कारुणिक भावहरुलाई समेटेर गीत तयार पार्ने क्रममा नेपाली संगीत क्षेत्रका लागी नयाँ विषय हैन यस्तै भावहरुलाई समेटर गायक गायिकाहरुले आफना सुभचिन्तक दर्शक तथा स्रोतालाई आफनो कोशेली पस्कने क्रममा बुर्तिबाङ म्युजिक प्रालीको प्रस्तुुतिमा प्रकाश चन्दको मार्मिक गीत “भुँईको धुलो” बजारमा आएको छ ।
गायक किरण बावु पुन र गायिकाहरु जमुना श्रीपाली र सुमित्रा गुरुङको सुमधुर आवाज रहेको गीतमा जिवन भोगाईलाई चित्रण गरिएको छ । माया गर्ने मायालुले संसार त्यागेपछि आइपर्ने वियोगलाई सर्वोकृष्ट रुपमा समेटिएको छ । “भुँईको धुलो”मा प्रकाश चन्दको शब्द तथा गायक तथा संगीतकार अमित रोकायाको लय सिर्जना रहेको छ । पछिल्लो समय चर्चामा रहेका भिडियो निर्देशनमा युवराज खत्रीले भिडियोलाई  निर्देशन तथा सम्पादन गरेका छन ।  भिडियोमा नवराज राउत , समिता तामाङ र सन्तोष मगरको अभिनय देख्न सकिन्छ ।
हेर्नुहोस भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...