Wednesday, March 28, 2018

काजिश र करिष्माको सर्वोकृष्ट अभिनयमा“ बढ्ने माया” भिडियो सार्वजनिक

आर पोखरेल , विराटनगर , चैत १६
लामो समयदेखि लोकदोहोरी क्षेत्रमा आबद्ध ख्यातिप्राप्त सर्जक तथा नव आगन्तुक कलाकारहरुको सम्मान गदैँ आएको सफलता म्युजिक प्रालीको प्रस्तुतीमा गायक राज ठोकरको डान्सिङ लोकदोहोरी गीत  “ बढ्ने माया” बोलको म्युजिक भिडियो म्युजिक नेपालको आधिकारिक युट्युबबाट सार्वजनिक भएको छ ।
माया प्रेमको विषयबस्तु आधारित गीतमा गायिका टिका पुन र राज ठोकरको आवाज रहेको छ  भने सुर्य विनायक फिल्मसले दृश्य निर्माण गरेको छ  । भिडियोमा काजिश श्रेष्ठ र करिष्मा ढकालको सर्वोकृष्ट  अभिनय गरेको छ ।  यस गीतको भिडियोमा दिपक विष्टको सम्पादक तथा निर्देशन काजिश श्रेष्ठको छ । प्रनिल गुरुङको शब्द तथा संगीतमा रहेको गीतलाई  अजय रेग्मीको छायांकन गरेका हुन  ।
भिडियो हेर्नुहोस :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...