Sunday, March 25, 2018

मन्त्रीलाई लक्षित गरेर बम प्रहार

काठमाडौँ, ११ चैत । प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई लक्षित गरी बम प्रहार भएको छ ।

विराटनगरबाट झापा प्रस्थान गरेका मन्त्री घिमिरे चढेको गाडीलाई लक्षित गरी आइतबार बिहान मोरङको पथरी शनिश्चरेमा बम प्रहार भएको हो । मन्त्री घिमिरे सकुसल छन् । पूर्वपश्चिम राजमार्गस्थित पथरीको हरियाली सामुदायिक वननजिकको सडकमा मन्त्री घिमिरे पुगेपछि सुतली बम विस्फोट भएको थियो ।

तत्कालै बम प्रहार गरेर केही युवाहरु भागेको भनिए पनि प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन । विप्लव माओवादीले बन्दको आह्वान गरेको अवस्थामा उसैले बम विस्फोट गराएको हुनसक्ने प्रहरीको शंका छ ।

बन्द आह्वान गरेको भनिए पनि सुनसरी र मोरङमा बन्दको कुनै प्रभाव परेको छैन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...