Saturday, March 17, 2018

एफबिआई का दोश्रो ठूला कर्मचारी एन्ड्रु मेकेब अवकाश हुन् २ दिन अगाडी मात्र राष्ट्रपति ट्रंप द्वारा बरखास्त

अमेरिकाको फेडेरल ब्युरो अफ इन्भेस्टीगेसन (एफबिआई) का माथिल्लो पदमा रहेका संस्थाका दोश्रो ठूला कर्मचारी एन्ड्रु मेकेब राष्ट्रपति ट्रंप द्वारा बरखास्त मा परेका छन् । उनि केहि समय देखि राष्ट्रपतिका तारो बनि रहेको अवस्थामा २० बर्ष संघीय सरकारमा काम गरेका कर्मचारी अचानक बर्खास्तमा परेका हुन् । सवैलाई आश्चर्यमा पारेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रंपले सामाजिक संजाल ट्वीटरमा नाम किटान सहित बर्खास्त गरेको सार्बजनिक गरेका थिए । केही दिन अगाडी मात्र राष्ट्रपतिले विदेश मन्त्रि टेलरसनलाई यसरी नै सामाजिक संजाल मार्फत बर्खास्त गरेका थिए ।

एफबिआईमा सन् २०१६ को निर्वाचनमा रुसले गरेको हस्तक्षेप सम्बन्धि अनुसन्धान तथा एफबिआई को पूर्व बर्खास्तमा परेका प्रमुख कोमेले लिखित रुपमा छोडेका स्मृतिपत्र ( मेमो ) को बिषयलाई लिएर उनलाई २ दिन अगाडी मात्र जागिरबाट निष्कासित गरिए पछि सामाजिक संजालमा कोमे लगायत अन्य ट्रंप बिरुद्ध खनिएका छन् ।

तर एन्ड्रु मेकेबलाई बर्खास्त न्याय विभागका महान्यायाधिवक्ता जेफ सेसनले गत मार्च १६ तारिख शुक्रबार गरेका हुन् । उनलाई बर्खास्त गरे पछि राष्ट्रपति प्रफुल्ल भएका छन् । मेकेव आफु बर्खास्त भए पछि उनले पनि उनलाई गरिएको बर्खास्त एफबिआई संग युद्ध भनेका छन् । पूर्व एफबिआइका कोमेले ट्रंप संग गरिएको वार्तालाप को स्मृति पत्र (मेमो) बारेमा कोमेलाई गोप्य राख्नु भनि आदेश समेत दिएका थिए ।

उक्त स्मृति पत्र को बारेमा एन्ड्रु मेकेब दोश्रो व्यक्ति भएकोले सवै कुरा थाहा भएकोले रसियाको निर्वाचन सम्बन्धि हस्तक्षेप तथा विवादको अझ अध्याय समाप्त नहुने भएकोले उनलाई अन्तिम अवस्थामा बर्खास्त गर्नु पर्ने पनि भएको हुन् सक्ने पत्र पत्रिकाले लेखेका छन् ।

बेलाबेलामा राष्ट्रपति संग उक्त स्मृति पत्र को बारेमा खटपट हुने गर्दथ्यो । ५० बर्षको जन्म दिनमा एन्ड्रु मेकेव बर्खास्तमा परेका हुन् । रास्ट्रपति ट्रंपले आफ्नै बलबुताले निर्वाचनमा सवैलाई चकित बनाउदै शानदार बिजयी भएकोले उनलाई केहीले पनि नछुने देखिएको छ । एक पछि अर्को लाई निकाल्ने ,हटाउने र बर्खास्त गर्ने नित्य कर्म झैँ हुन् थालेको छ ।

नेपालमा यसरी राष्ट्र प्रमुखले गरेका बर्खास्तलाई चुनौती समेत दिएर अदालतमा मुद्धा दायर गर्ने र मुद्धा लड्ने गर्ने पनि गरिन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...