Saturday, March 17, 2018

मेरिल्याण्डमा अनल स्मृति खुला बास्केटबल प्रतियोगिता हुने

विजय थापा ,नेपाल स्पोर्ट्स एण्ड कल्चर इनटरनेसनल (नेपाल खेलकूद तथा संस्कृति अन्तर्राष्ट्रिय)को आयोजना मेरिल्याण्ड अनल स्मृति खुला बास्केटबल प्रतियोगिता हुने भएको छ ।

यस बर्ष सहित बास्केटबल प्रतियोगिता तेश्रो पटक आयोजना हुनेछ । कार्यक्रम स्थल मेरिल्याण्ड राज्यको गेथेसवर्ग शहरमा हुने छ हने कार्यक्रम ११ देखि ४:३० सम्म हुनेछ । मेरिल्याण्डमा आयोजना हुने उक्त खुला बास्केटबल प्रतियोगितामा ६ वटा खेल समूह हुने छन् भने २ वटा महिला बास्केटबल टोलि पनि को सहभागिता हुने छ ।

३ बर्ष अगाडी अल्पायु मै निधन भएका युवा स्व अनल को नाम बाट अनल स्मृति खुला बास्केटबल प्रतियोगिताको नामकरण गरिएको हो । गत बर्ष सहभागी भएका खेल टोलीको पनि सहभागिता हुने आयोजक तथा नेपाल स्पोर्ट्स एण्ड कल्चर इनटरनेसनल कि सभापति सीता पाण्डेले ईनेप्लिजलाई बताईन ।

सभापति पाण्डेले सबैलाई सहभागी हुन् अनुरोध गर्दै उक्त कार्यक्रममा डिसी क्षेत्रका आधा दर्जन भन्दा ज्यादा संघ/संस्थामा महिला नेतृत्वहरु रहेकोले अतिथि तथा बिशेष अतिथिमा निमन्त्रणा गर्न सोच समेत रहेको बताईन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...