Monday, March 19, 2018

सरकारले दुई तिहाईको ध्वाँस देखाएर सबै क्षेत्रलाई तर्साउन खोज्दै : देउवा

चितवन, चैत ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुले सरकारले दुई तिहाईको ध्वाँस देखाएर सबै क्षेत्रलाई तर्साउन खोजेको आरोप लगाएका छन् ।

कांग्रेस समर्थक कर्मचारी युनियनको महाधिवेशनलाई आइतबार चितवनमा सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले दुई तिहाईको ध्वाँस देखाएर तर्साउन खोजेको आरोप लगाए ।

दुई तिहाईको ध्वाँस देखाएरै न्यायपालिकामा सरकारले हस्तक्षेप गर्न खोजेको भन्दै उनले त्यस्तो हस्तक्षेप मान्य नहुने बताए ।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पर्याप्त बहुमत रहेको सरकारलाई दुई तिहाई किन चाहियो भन्ने प्रश्न गर्दै दुई तिहाईको बलमा संविधानलाई नियन्त्रण गर्ने प्रयास हुनसक्ने आशंका ब्यक्त गरे ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...