Monday, March 19, 2018

उपराष्ट्रपति पुनले लिए शपथ, शपथ समारोहमा कांग्रेस, फोरम र राजपाका सांसद गएनन्

काठमाडौं, चैत ५ । उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित नन्दबहादुर पुनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पुनलाई पद तथा गोपनीयताको शपथग्रहण दिलाएकी हुन् ।

शपथग्रहणकाक्रममा उपराष्ट्रपति पुनले ‘ईश्वरको नाममा’ भन्ने शब्द भने उच्चारण गरेनन् ।

शपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरुलगायतको उपस्थिति रहेको थियो ।

सो समारोहमा प्रतिपक्ष दल नेपाली कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका नेता तथा सांसदहरु भने उपस्थित भएनन् ।

निर्वाचन आयोगले पुनलाई आइतबार उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो । उपराष्ट्रतिमा पुनको यो दोस्रो कार्यकाल हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...