Sunday, March 18, 2018

ब्यबसायिक मोडलिङमा स्थापित हुदै – मोडल अमन खड्का

काठमाडौँ : मोडलिङ तथा सिने नगरीमा सम्भाबनायुक्त कलाकारको सुचिमा पर्दै आएका मोडल हुन अमन खड्का l छोटो समयमा आफ्नो छुट्टै पहिचान बनाउन सफल उनि दिनानुदिन ब्यस्त बन्दै गएका छन l मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भाबना बोकेको क्षेत्र हो, जहाँ बाट एउटा कलाकारले राम्रो अवसर प्राप्त गर्ने माध्यम बनेको छ l क्षमता, अभिनय र नृत्य बिधामा पोख्त भएका कलाकारहरुले यसैको माध्यमबाट विभिन्न अवसरहरु पनि पाईरहेको हुन्छन भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाईरहेका छन ।

काठमाडौँका स्थायी बासिन्दा मोडल अमन खड्का बिगत तिन बर्ष देखि लगातार मोडलिङ क्षेत्रमा संघर्षरत छन l दर्जनौ म्युजिक भिडियोमा आफ्नो जादुमय कला, अभिनय प्रस्तुत गरेर लाखौ दर्शकहरु तथा शुभचिन्तकहरुको मन जित्न सफल मोडल खड्का र्याम्प मोडलिङमा समेत उत्तिकै सक्रिय छन l चक्लेटि अनुहार तथा सुगठित शरीरका धनि मोडल खड्का हासेर बोल्ने मिलनसार स्वभावका छन l

समाज परिबर्तन गर्नु छ भने त्यस परिबर्तनको सुरुवात आफै बाट गर्नु पर्छ भन्ने सोचका साथ मोडलिङ क्षेत्रमा प्रवेश गरेका मोडल खड्का सकारात्मक सोच तथा आफ्नो मेहनतले एकदिन सफलताको शिखर चुम्नेमा बिस्वास गर्छन l हुन त उनि अहिले आफ्नो लक्ष्यमा पुग्न मोडलिङ क्षेत्रमा निरन्तरता दिदै त्यसै अनुरुप दिन रात मेहनत समेत गर्दैछन l

सानै देखि मोडलिङ क्षेत्रलाइ मन पराउने भएकोले भविष्यमा एक सफल मोडल तथा कलाकार बन्ने उदेश्य लिएर अगाडी बढेका खड्का आफुलाई मन पर्ने पेशा भनेको मोडलिङ क्षेत्र अर्थात सिने नगरी भएकोले यहि क्षेत्रमा भबिष्य बनाउने सोचका साथ उनि अहिले मोडलिङ पेशालाई अंगाल्दै अगाडी बढेका हुन l

दर्जनौ म्युजिक भिडियोहरुको साथमा कयौ र्याम्प मोडलिङ, फेसन सो, अभिनय तथा स्टेज कार्यक्रमहरुमा समेत भाग लिएर आफु भित्र भएको क्षमता प्रस्फुटन गरि सबैको मन जित्न सफल मोडल अमन खड्का भविष्यमा एक चर्चित मोडलको रुपमा नेपाली सिने जगतमा स्थापित हुन चाहन्छन l

उनको अभिनय रहेको म्युजिक भिडियो यस्तो छ :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...