Sunday, March 18, 2018

एयर ट्राफिक र पाइलटको सम्बाद सुनेपछी बिमान दुर्घटनाको बारेमा बोले बिश्वभरका पाइलट(भिडियो सहित)

गत सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस–बंगला विमान दुर्घटनाको कारण पत्ता लगाउन प्रयासहरू भइरहेका छन् । विमानका चालक थाकेकोदेखि लिएर एयर ट्राफिक कन्ट्रोलरहरूसँगको गलत सूचना आदानप्रदानसम्मका कोणहरूमा छानबिन भइरहेको छ ।
तर यता छानबिन चलीरहदा बंगलादेशमा रहेको बंगला एयरका संचालकहरु भने मिडिया मार्फत बिश्वभर बिमान दुर्घटनामा नेपाली विमानस्थलको ट्राफिक कन्ट्रोलको चरम लापरबाहीका कारण यस्तो भएको भन्दै  छानबिन प्रतिबेदन भन्दा पहिलेनै नेपाली ट्राफिक कन्ट्रोललाई सबै दोष दिइरहेका छन्.
अझ गज्जबको कुरा त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने धेरै पाइलटहरुले पाइलटको गल्तीका कारण बिमान दुर्घटना भएको बताइसकेका छन् तर उता बंगलादेशी अधिकारि भने नेपाली  विमानस्थलमालाई दोष लगाई आफुहरु उम्कने कोशिस गरीरहेका छन्. दशकौंसम्म ढाका–काठमाडौं रूटमा विमान उडाएका वरिष्ठ पाइलटहरुले रेडियो संवाद सुनेपछि ककपिटमा गम्भीर त्रुटि भएको पत्ता लागेको बताए ।
युट्युबमा पोस्ट गरिएको अडियोमा वरिष्ठ पाइलट सुल्तानले विमान उडाउने र संवाद गर्ने काम आफैंले गरिरहेको जबकि कोपाइलट पृथुला राशिदले संवाद गर्नुपर्ने खुलासा गरेको छ ।
‘सुल्तानले विमान पनि चलाइरहेको अनि टावरसँग पनि त्यतिखेरै कुरा गरिरहेकोले उनको ध्यान भंग भयो र उनले रनवे २० बाट रनवे ०२ तिर जाँदा धावनमार्ग नै राम्ररी देखेनन्,’ वरिष्ठ पाइलटले भने । त्रिभुवन विमानस्थलमा रनवेलाई ध्यान दिनु अति नै जरूरी हुन्छ । एसिया टाइम्सका अनुसार, दुर्घटनाको दिन क्याप्टेन सुल्तानको यो पाँचौं उडान थियो । ढाका–काठमाडौं उडानअघि सुल्तानले जम्मा पाँच घण्टाको ग्यापमा ढाकाबाट चित्तगोङ अनि चित्तगोङबाट ढाका दुईचोटि उडान भरेका थिए ।
यसरी नेपाली विमानस्थललाई दोषी ठहर गरी आफ्नो गल्ती लुकाउन खोज्दै छन् बिमान कम्पनी l यसैपनि नेपाल आइकावोको कालो सुचीमा छ र यसको गम्भीर छानबिन गर्नु पर्ने देखीएको छ l होइन भने नेपाललाई दिगो असर पर्ने छ र उनिहरुले हाम्रो सानो कमजोरीलाई बिषय बनाएर आफ्नो गल्तीबाट उम्कने छन् l
भिडियोमा हेर्नुहोस बर्षौ देखी त्रिभुवन विमानस्थलमा उडान भरिरहेका पाइलटहरुले पाइलटकोनै ओभर कन्फीडेन्सका कारण बिमान दुर्घटना भएको भनेपछी नेपाललाई दोष थोपर्ने कम्पनीको योजना असफल भएको छ.

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...