Tuesday, March 27, 2018

मस्यौदा समितिको सभापतिमा मेघी गुरुङ

काठमाडौँ, १३ चैत । राष्ट्रियसभा नियमावली मस्यौदा समितिको सभापतिमा पर्शुराम मेघी गुरुङ चयन हुनुभएको छ ।

नियमावली मस्यौदा समितिको मंगलबार बसेको बैठकले गुरुङलाई सभापति चयन गरेको हो । उहाँ नेकपा (एमाले)बाट राष्ट्रियसभा सदस्य हुनुहुन्छ ।

नौ सदस्यीय उक्त समितिले बैठक सञ्चालन मापदण्डसमेत पारित गरेको छ । समितिको अर्को बैठक बुधबार दिउँसो बस्नेछ । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...