Sunday, March 4, 2018

किशुनजीको सम्झनामा दीप प्रज्ज्वलन

काठमाडौँ, २० फागुन : सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृतिमा दीप प्रज्ज्वलन गरिएको छ ।

नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईको सातौँ स्मृति दिवसका अवसरमा किशुनजी अध्ययन केन्द्रको आयोजनामा आज साँझ शान्तिबाटिकामा दीप प्रज्ज्वलन गरिएको हो ।

दीप प्रज्वलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले स्व भट्टराईले नेपाली राजनीतिमा गर्नुभएको त्याग र संघर्षलाई आम जनतासम्म लैजानुपर्ने बताउनुभयो । “किशुनजीको त्याग र आदर्श अहिलेको समयमा पनि उत्तिकै सान्दर्भिक छ”, उहाँले भन्नुभयो ।

केन्द्रका अध्यक्ष अविनाश सिलवालले किशुनजीको राजनीतिक जीवनबाट काँग्रेसले पाठ सिक्नुपर्ने बताउनुभयो । सो अवसरमा किशुनजीको सम्झना गर्दै स्वस्ति वाचनसमेत गरिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...