Sunday, March 4, 2018

संघीय संसदका सांसदहरुले लिए सपथ

काठमाडौं, फागुन २० । निर्वाचन भएको तीन महिनापछि प्रतिनिधि सभाका सांसदहरुले आइतबार सपथ ग्रहण गरेका छन् ।

संसद भवन नयाँ बानेश्वरमा ज्येष्ठ सदस्य महन्थ ठाकुरबाट प्रतिनिधि सभाका सांसदहरुले सपथ लिएका हुन् ।प्रतिनिधिसभामा २ सय ७५ जना सांसद छन् ।

राष्ट्रियसभाका सांसदहरुलाई पनि आजै सपथ गराइएको छ । ज्येष्ठ सदस्य तारादेवी भट्टले राष्ट्रिय सभाका सांसदहरुलाई सपथ गराइन् ।

राष्ट्रिय सभामा ५९ जना सांसद रहेकोमा सरकारको सिफारिसमा मनोनित भएका युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईको शपथ भने सर्वोच्च अदालतले रोकिदिएको छ ।

यस्तै, फौजदारी अभियोग लागेका कैलाली–१ बाट प्रतिनिधिसभामा निर्वाचित रेशम चौधरी अदालतको आदेशमा थुनामा रहेकाले उनले पनि सपथ लिन पाएनन् ।

आफ्नै कारण अनुपस्थित रहेका सांसदका हकमा शपथका लागि पछि निर्णय हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

यसैबीच ४४ जना सांसदले मातृभाषामा शपथ लिएका छन् । संसद्को बैठक भने भोलि बस्ने छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...