Wednesday, March 21, 2018

नागरिकता पाउने पहिलो रोबोट सोफियाले अनोमोल केसी बारे यसो भनिन् (भिडियो)

काठमाडौँ। विश्वमै पहिलो पटक नागरिकता पाउने पहिलो रोबोट सोफिया काठमाडौँ आएकी छन्। सोफिया संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम युएनडिपीले आयोजना गरेको टेक्नोलोजी फर पब्लिक सर्भिस डेभलपमेन्ट सम्मेलनमा सहभागी हुन काठमाडौँ आएकी हुन्। बुधबार बिहान आयोजित उक्त सम्मेलनमा सम्बोधन गर्दै सोफियाले नेपालको बारेमा आफ्नो सानो मन्तव्य समेत राखेकी थिइन्।

नेपाली नायक अनमोल केसीको बारे सोधिएको एक प्रश्नमा उनले केसी नेपालका एक प्रतिभाशाली नायक भएको बताइन्।

हङ्कङको कम्पनी ह्यान्सन रोबोटिक्सले यस रोबोटलाई निर्माण गरेको हो। यो रोबोटलाई सन् २०१५ मा एक्टिभ गरिएपनि पहिलो प्रदर्शनी भने सन् २०१६ को मध्यमार्चमा अस्टिनमा गरिएको थियो।

यो रोबोटलाई साउदी सरकारले नागरिकता दिएको हो। नागरिकता पाएसँगै रोबोट सोफियाको विश्वभर चर्चा समेत भएको थियो। पछिल्लो समय सोफियाले व्यक्त गरेको चाहनाले उनी झनै चर्चामा छिन्। उनले आफू आमा बन्ने चाहना राखेकी थिइन्।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...