Tuesday, March 27, 2018

यसरी हल्ला फैलियो मोडल नयन र रिनाको (भिडियो सहित)

काठमाडौं । मोडल नयन सिंह र रिना थापाको सम्बन्धको हल्ला गाउँ भरि फैलिएको छ । उनीहरु बिचको प्रेम सम्बन्ध गाउँभरी फेलिएको हो । यस्तो हल्ला फैलाउँने काम भने गायक मिलन कडेलले गरेका हुन् । उनै गायक कडेलकै शब्द तथा संगीतमा भर्खरै सार्वजनिक भएको हल्ला फैलियो बोलको गीतका शब्दहरु मार्फत नयन सिंह र रिना गिरीको प्रेम सम्बन्धको हल्ला फैलिएको हो । चर्चित संगीतकार समेत रहेका आशिष अविरलले संगीत संयोजन गरेको उक्त गीतको भिडियो बुढासुब्बा डिजिटलले सार्वजनिक गरेको छ ।

रोमाञ्चक तरिकाले प्रस्तुत गरिएको भिडियोमा उत्सव दाहालको छायाँकन तथा सम्पादन रहेको छ । कलाकारितालाई नै निरन्तरता दिने बताएका नयन सिंहले राम्रो नायक बन्ने लक्ष्यमा सफल बन्दै गएको बताएका छन् ।

भिडियो हेर्न लिङ्कमा क्लिक गर्नुहोस् :

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...