Tuesday, March 27, 2018

प्रजापतिको नया र्याप/ रक गीत !! हेर्न नभुल्नुहोला “भिडियो”

वि.सं. २०२० साल फागुन १० गतेका दिन कास्की जिल्लाको भदौरे तामागी गाविस वडा नं. ५ स्थित चैनपुरमा पिता स्व.गंगाधर पराजुली र माता चन्द्रकली पराजुलीको गर्भबाट जन्मिएका लोक तथा दोहोरी गायक प्रजापति पराजुली आफैमा नेपाली दोहोरी गीतको एउटा सि·ो इतिहास हो। हाल पोखरा नदीपुरमा बसोबास गर्दै आएका पराजुलीले अध्ययनमा आइ.ए. सम्म मात्र उत्तीर्ण गरेका छन् ।
उनी त्रि.वि. चिकित्साशाष्त्र अध्ययन संस्था, रामघाट पोखरामा कर्मचारीको रूपमा कार्यरत छन् तर उनी साना बालकदेखि वृद्धसम्म लोक तथा दोहोरी गायकका रूपमा नै सर्वपरिचित छन्। उनी जव स्टेजमा गएर माइक समात्छन् तब दर्शकहरू एकोहोरो भएर उनीप्रति नै केन्द्रित रहन्छन्। उनीसँग यस्तो सम्मोहन र वाक कला छ जो कमै व्यक्तिमा पाउन सकिन्छ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...