Thursday, March 8, 2018

कर्णाली महिलामैत्री बनाउँछु : ज्वाला

सुर्खेत, २४ फागुन : कर्णाली प्रदेशका कावा मुख्यमन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशलाई महिलामैत्री बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

वीरेन्द्रनगरमा आज आयोजित १०८ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रममा उहाँले अहिले मुलुकमा महिलाको ३३ प्रतिशत सहभागिता भएको र अब ५१ प्रतिशतभन्दा बढी सहभागिता दिइने बताउनुभयो ।

सामाजिक विकासमन्त्री दल रावलले महिलाका अधिकार सुनिश्चित गर्न प्रदेश सरकारले आफ्नो दायित्व पूरा गर्ने जनाउनुभयो । कार्यक्रममा सांसद सीता नेपाली, प्रजिअ सीताराम कार्कीलगायतले पछिल्लो समयमा हरेक क्षेत्रमा महिलाको उल्लेख्य सहभागिता भएको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...