Sunday, March 25, 2018

डिसी नेपाली समाजको भजन कृतन सम्पन्न

मार्च २४ वाशिंगटन डिसी –  डिसी नेपाली समाजको आयोजनामा चैत्राष्टमी अर्थात् नवरात्रीको अवसरमा नेपाललगायत विभिन्न देशमा हुने गरेका “अप्रिय घटना निवारणार्थ पाठ तथा भजन कृतन” को कार्यक्रम सम्पन्न भएको छ ।
नेपाललगायत विभिन्न देशमा हुने गरेका मृत्युजन्य ख़बर र भर्खरै मात्र विमान दुर्घटनामा परी दिवंगत हुनेहरुको लागि शान्ति तथा घाईतेहरुको शीघ्र श्वास्थ लाभ होस् भन्ने हेतुले  उक्त पाठ तथा भजन कृतन”को कार्यक्रम राखिएको कुरा सँस्थाका सक्रिय सदस्य तथा धार्मिक संयोजक राजेन्द्र खनालले  जानकारी दिनु भयो  ।

दीप प्रज्वलित गरी आदरणीय  राधा माता जी  र डीसी नेपाली समाजको परिवारका बीचमा पाठ तथा भजन स्थानीय समय  बेलुका ठीक ६ बजे सुरु भई ८:३० मा सकिएको थियो ।

कार्यक्रम सफल बनाऊने दायित्वसहित संम्पूर्ण  सदस्यहरु आ-आफ्नो परिवार र साथीभाइसहित  उपस्थित भएका थिए । उपस्थित सबैजनालाई प्रसाद (भोजन) को पनि राम्रो व्यवस्था गरिएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...