Sunday, March 25, 2018

अफ्रिकामा चैते दशै

लेगोस ,नाइजेरिया ,असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने क्रम मै अफ्रिकामा पनि चैते दशै मनाइएको छ ।

विदेशमा रहेता पनि आफ्नो चाड पर्व लाई समय व्यवस्थापन गरि नाइजेरियाको लेगोसमा चैते दशै मनाईएको हो । गैर आबासोय नेपाली संघ नाइजेरिया र केन्याको आयोजनामा आज नाइजेरियाको लेगोस र केन्याको नैरोबीमा आज चैते दशैको उपलक्ष्यमा विविध कार्यक्रमका आयोजना भएका छन् ।

संघका अन्तर्राष्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाको आयोजनामा नाइजेरियामा सम्पन्न पुजा र भेटघाट कार्यक्रम र नैरोबीमा सम्पन्न कार्यक्रमको केन्या अध्यक्ष कृष्णदत्त भट्टले संयोजन गरेका थिए ।

असोजमा बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । केन्याका कार्यक्रममा अफ्रिका उप संयोजक डा भुवन ढकाल समेतको उपस्थिति रहेको थियो । यसै गरि नाइजेरियाको कार्यक्रममा संघका नाइजेरिया अध्यक्ष जनक बिस्ट , अन्तरास्ट्रिय महिला उप संयोजक मन थापा र आइसिसी सदस्य चिरन्जिबी रोकस समेतको उपस्थिती थियो ।

चैते दशैंको दिन काठमाडौंको भद्रकाली, शोभाभगवती, धरानको दन्तकाली ,दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवती ,काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनी लगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लाग्ने गर्छ ।

चैते दशैंको दिन आइतबार सरकारले सार्वजनिक विदा दिएको छ भने राम नवमी र चैते दशैं आज एकै दिन परेको छ । असत्यमा सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्षमा राम मन्दिरहरुमा पूजापाठ गरिन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...