Friday, March 9, 2018

बसन्तिको मनछुने गीतमा नबिन बुढाथोकी र सिर्जना रेश्मी मगरको जिबन्त अभिनय (भिडियो सहित)

राजु बोहरा–काठमाडौँ । मेहनत र निरन्तरताले मानिसलाई एक दिन अबस्य सफलता दिलाउछ । यहि सोच र विचारका साथ् बिगत केहि बर्ष यता नेपाली सुगम सांगीतिक क्षेत्रमा क्रियासिल बसन्ती लामा द्वारा स्वर बद्ध एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतका उत्पादनहरु बजारमा आइरहेका छन् । तामांग समुदायको चेली भएर पनि कुनै पनि गीत संगीतमा उक्त गीतको भावले मागेको कथावस्तु अनुसार प्रस्तुत हुन माहिर बसन्तीले आधुनिक गीत मात्र होइन तामांग सेलो, लोक तथा दोहोरी गीत र फिल्मी गीतमा समेत आफ्नो कर्णप्रिय स्वर भरिसकेकी छिन् ।

उनि अहिले पनि संगीतको विद्यार्थी हुन् । सांगीतिक सिक्षा पनि लिंदै उनले अहिले सम्म दर्जनौं गीत संगीतमा आफ्नो कर्णप्रिय स्वर भरेर आफ्ना अशंख्य श्रोता एवं दर्शकहरुमा माझ पुर्याइसकेकि छिन् । स्वभावले सौहार्द्ध तथा मिलनसार लामाको केहि समय अगाडी “बसन्ती बहार” नामक गीति एल्बम सार्बजनिक भएको थियो । उक्त एल्बम भित्र समाबेस सबै गीतहरुको म्युजिक भिडियो तयार भएको थिएन । क्रमश उक्त एल्बममा समावेस गीतहरुको म्युजिक भिडियो पनि बजारमा ल्याउने क्रममा यसै एल्बम भित्र समाबेस “मलाई छोडी गयौ भने” बोलको गीतको म्युजिक भिडियो राजधानी फिल्म्सको ब्यानरमा तयार भएर हालै सार्बजनिक भएको छ ।

निकै मर्मस्पर्सी ढंग बाट तयार भएको यस गीतको म्यजिक भिडियोमा नबिन बुढाथोकी र सिर्जना रेश्मी मगरको जिबन्त अभिनय रहेको छ । भरत बम्जनको शब्द रचना र पूर्ण श्री परियारको संगीतले सुसजित यस गीतलाई बसन्तिको स्वर लहरिले निकै सुगन्ध प्रदान गरेको छ  । “मलाई छोडी गयौ भने” बोलको गीतको म्युजिक भिडियोलाई देवेन्द्र कुँवरले निर्देशन गरेका हुन् भने छायांकन जनक राज अधिकारी र सम्पादन जोहन राईले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...