Friday, March 9, 2018

कारको करमा लडाई,आयोजकले भन्यो पहिले ८ लाख कर तिर अनि कागजपत्र लिन आउ(भिडियो सहित)

नेपाल आइडलको पहिलो संस्करणका विजेता बुद्ध लामाको एउटा अडियो अहिले सामाजिक सञ्जालमा चर्चामा आएको छ । अडियोमा बुद्धले नेपाल आइडल भएवापत पुरस्कारमा जितेको कार अहिलेसम्म चलाउन नपाएको गुनासो गरेका छन् । तर यो समाचार झुट भएको नेपाल आइडलका आयोजक एपिवान एचडिले जनाएको छ ।

हिजो  राती सार्बजनिक सूचना प्रकाशित गर्दै एपिवान एचडिले यो कुराको खण्डन गरेको छ. उसले भने छ तोकिएको र सम्झाैता अनुसारकाे पुरस्कार रकम बुद्ध लामालाई हस्तान्तरण गरिसकिएको छ । पुरस्कारमै पाएको कारको साचो उनलाई त्यतिबेलै एक समारोहका बीच बुझाइ सकिएको छ र उक्त कार त्यतिबेलादेखि नै उनको कब्जामा छ । कारको कागजी स्वामित्व उनको नाममा गर्न नियमानुसार नेपाल सरकारलाई २५% (प्रतिशत) आकस्मिक लाभ कर तिर्नपर्ने नियम भएकाले उक्त रकम के, कसरी, कहाँ बुझाउने भनेर पटकपटक जानकारी गराईएको छ ।

यसले नेपाल आइडल र बुद्ध लामाको विवाद अहिले पुरस्कारको कर कसले तिर्ने भन्नेमा पुगेको छ.हेर्नुहोस यस्तो छ यी दुई बीचको विवाद र आयोजक र बुद्ध लामाको भनाई  सहितको भिडियो रिपोर्ट

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...