Wednesday, March 28, 2018

राष्ट्रपति ट्रंप द्वारा सेवानिवृत सौनिक मामला सचिव डेविड सल्किन बर्खास्त

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प द्वारा सेवानिवृत सौनिक मामला सचिव डेविड सल्किन बर्खास्त गरिएका छन् । राष्ट्रपति ट्रंपले सामाजिक संजाल ट्वीट द्वारा मार्च २८ तारिख बुधबार दिउसो डेविडलाई बर्खास्त गरेको लेखेका छन् ।

डेविडको बदलामा रोनी ज्याक्सन लाई मनोनित गरेका छन् । डेविडलाई नैतिक अनैतिक आचरण सम्बन्धि आरोपमा बिषयलाई लिएर कारवाईमा परेका हुन् ।

ज्याक्सन आश्चर्यजनक मनोनितमा परेका हुन् भने रास्ट्रपति ट्रंपले ज्याक्सन उच्च शिक्षित तथा निपुण भनि बयान गरेका छन् । ज्याक्सन सन् २०१३ देखि राष्ट्रपति को चिकित्सक को रुपमा सेवा गरेका छन् । उनले नै राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य सम्बन्धि जानकारी सार्बजनिक गरेका थिए ।

सल्किन युरोप देश भ्रमण आफ्नी जीवन संगिनी संग को यात्रा खर्च विवादमा मुसिएका थिए । ट्रम्पले डेविडले गरेको सेवा प्रति आभार व्यक्त गरेका छन् । डेविडले आफुले गरेको खर्च को ४ हजार डलर फिर्ता गर्ने स्वीकार गरेका थिए ।

डेविड सल्किन को पुरा नाम डेविड जोनाथन शल्किन हो । १९५९ मा जन्मेका डेविड अमेरिकन फिजिसियन (चिकित्सक) हुन् भने पूर्व सरकारी अधिकारी हुन् । डोनाल्ड ट्रम्प अन्तर्गत २०१७ मा डेविड अमेरिकाका सेवानिवृत सौनिक मामला नवौ सचिवमा नियुक्त भएका थिए ।

उनले पूर्व राष्ट्रपति ओबामा संग पनि स्वास्थ्य सम्बन्धि २०१५ देखि २०१७ सम्म सेवा गरेका थिए भने बराक ओबामा द्वारा आफ्नो स्वास्थ्य परीक्षण चिकित्सकको रुपमा सन् २०१३ मा डेविडलाई नियुक्त गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...