Monday, March 19, 2018

५८ जना चेलीहरुलाई खाडी मुलुक लगाएत विभिन्न देशबाट उध्दार गर्न सफल आँङ् कामी शेर्पाको नाममा समर्पित यो गित (भिडियो)

अमेरिकामा लामो समय देखी बस्दै आउनु भएका समाजसेवी आँङ् कामी शेर्पा उनले पछिल्लो समय ३ महिना १२ दिन सिरियामा थुनेर राखेका सुकुमाया लिम्बुलाई तीन महिना निरन्तर लागेर उद्दार गर्न सफल भएको बताउछन् । ‘दिनरात नभनी महिनौ लगाएर सुकुमायालाई नेपाल फर्काउन पाउँदा निकै खुसी लाग्यो,’ उनले भने, ‘सुकुमायालाई बेच्ने तीन जना दलाललाई पत्ता लगाएपछि सहयोगीहरु र तिनै दलालबाट संकलन भएको रकमबाट लिम्बुलाई उद्दार गर्न सफल भएको हो ।’

विदेशमा दुः ख पाएका नेपालीको सहयोगमा खट्दै आएका उनीसँग नेपालबाट मानव तस्करीमा लाग्नेको लामो सूची छ । महिलाहरुको साथै उनले साउदीमा तीन महिनादेखि काम नपाएर अलपत्र भएका २६ जना पुरुषका लागि पनि सहयोग गरिरहेका छन् । उनले गरेको मानवीय सेवाको कार्यहरुको लाइभ हेर्ने हजारौले निकै मार्मिक टिप्पाणीहरु दिँदै आएका छन् ।

विदेशमा बसेर पनि सामाजिक सञ्जालको माध्यमबाट उनले गरेको यो मानवीय सेवालाई सिआइबी, सम्बन्धीत देशका दुतावासका कर्मचारीहरु र नेपालबाट दावा थोकर तामाङ, कलाकार नवीन खड्काबाट सहयोग पाइरहेको उनले बताए । उनले अहिलेसम्म कुवेत, लेबनन, मलेसिया, ओमान र सिरियाबाट पीडितको उद्दार गर्दै आएका छन् । ‘भगवानको कृपाले मैले थालेको कार्यबाट सबैको सहयोगले धेरैको उद्दार गर्न पाएँ । पीडितहरुको उद्दारका लागि भविष्यमा सबैको सहयोगको आशा गरेको छु ।’
एभरेस्ट टाइम्सको सहयोगमा

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...