Monday, March 19, 2018

पाइलट अब्दुल सुल्तानका साथी भन्छन् युस-बंगाल कम्पनीको चरम लापरबाहीले मेरो मुटुको टुक्रा जस्तो साथी गुमाए(भिडियो सहित)

यूएस-बंगला एयरलाइन्सको विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएपछि यसको कारण खोज्ने क्रम जारी छ । यसैबीच दुर्घटनामा ज्यान गुमाएका पाइलटको साथीले दुर्घटनाको बारेमा बोलेका छन उनले भनेका छन  दुर्घटना अवश्यम्भावी थियो ।
उनले आफ्ना सहकर्मी पाइलटलाई लेखेको पत्रमा भनेका छन्, ‘उक्त दुःखद दुर्घटनाले पर्खिरहेको थियो ।’उनले थप भनेका छन् पाइलटहरुलाई जोखिमयुक्त अवस्थाहरुमा पनि उडान गर्न व्यवस्थापनले दबाब दिन्छ । उडानको सुरक्षामाथि व्यवसायिक स्वार्थहरु हाबी हुन्छन् ।मैले हाम्रा फस्र्ट अफिसरहरुबाट धेरै निराशाजनक कुरा गरेका थिए.पाइलट सुल्तानले आफुले कहिलै नाइँ नभन्ने बानी रहेको बताएका थिए यसकारण आफु धेरै समस्यामा परेको भनेर भन्ने गरेको भनेका छन्.
 निजी विमानहरुले न्यूनतम भिजिबिलिटीभन्दा कममा, खराब मौसममा उडान गर्ने, प्राविधिक समस्याहरुमा सम्झौता गर्ने, मौसम राडारविना नै उडान गर्ने, पाइलटहरुलाई इन्जिनियरिङ लगमा प्रवेश नदिने आदि प्रवृत्ति छन् । उनीहरुका लागि सुरक्षाभन्दा पैसा धेरै महत्वपूर्ण रहेका कारण यस्तो हुने गरेको बताए  । यो पटकपनि येस्तै गरेको गुनासो गरेका छन्.  यूएस बंगला बिमान लो-भिजिबिलिटिमा पनि उडान भर्ने  तयार हुने गरेको दुखेसो गरे.
यसले युस बंगला बिमानले कतिसम्म लापरबाही गर्ने रहेछ भन्ने कुरा प्रस्ट पारेको छ.उनले क्याप्टेन अबिद सुल्तान काठमाडौं एयरपोर्टमा जानुअघि चारवटा क्षेत्रमा उडान गरिसकेको र त्यो पनि केवल दुई महिनाको अनुभव भएको फस्र्ट अफिसरसँग र यो नै दुर्घटनाको कारण रहेको बताएका छन्  । विमानहरुले यस्ता अनुभवहीन फस्र्ट अफिसरहरुलाई नजिकै उडान भर्ने अनुमति समेत दिँदैनन् ।
भिडियोमा हेर्नुहोस पाइलट अब्दुल सुल्तानका साथी यस्तो भन्छन्.यतिसम्म लापरबाही गर्ने रहेछ बिमान कम्पनी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...