Sunday, March 25, 2018

चितवनको कालिकामा सरसफाई

खोलेसिमल, चितवन, १० चैत्र ।
चितवनको कालिका नगरपालिकाको आयोजना तथा वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागको आयोजनामा आज सरसफाई एवम् वातावरण अनुकूलन अन्तरक्रिया कार्यक्रम गरिएको छ । सो कार्यक्रमको क्रममा खोलेसिमल बजार सरसफाई गरी विभागको तर्फबाट नगरपालिकालाई सरसफाई सामाग्रीहरु ३६ वटा बाल्टिन, सावेल र कुचो हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा स्थानीयवासी, सिंहनाथ गण शक्तिखोरका नेपाली सेना लगायत टोलीले बजारमा सरसफाई गरेको थियो । कार्यक्रममा वातावरणीय सरसफाई, फोहोर व्यवस्थापनको विषयमा छलफल गरिएको थियो । सो अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि वातावरण विभागका महानिर्देशक दुर्गा प्रसाद भण्डारी, नगर प्रमुख खुमनारायण श्रेष्ठ, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदी, विभागका वातावरण निरीक्षक विष्णु पाण्डे लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...