Sunday, March 25, 2018

मनकामना दुग्ध उत्पादक संस्थामा रक्तदान

खोलेसिमल, चितवन, १० चैत्र ।
कालिका नगरपालिका वडा नं. ६ मा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि. को आयोजनामा आज खुल्ला रक्तदान कार्यक्रम गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, वडा नं. ६ का वडा अध्यक्ष बिनोद रेग्मी, संस्थाका लेखा समिति संयोजक विष्णुमणि लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो खुल्ला रक्तदान कार्यक्रममा ४४ जना रक्तदाताले रक्तदान गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...