Sunday, March 25, 2018

चितवनको कालिकामा गणेश पाञ्चायन मन्दिरको उद्घाटन

खोलेसिमल, चितवन, १० चैत्र ।
पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ मा आज एक कार्यक्रमका बिच गणेश पाञ्चायन मन्दिरको उद्घाटन गरिएको छ । स्वर्गीय माता पिता तुलसा र कृष्ण प्रसाद पाठकको स्मृतिमा छोराहरु चन्द्र प्रसाद, तारा प्रसाद, गुणराज, यादव प्रसाद, सुरेश र स्वर्गीय तेज प्रसाद तथा पाठक परिवारले आफ्नै निजी १० धुर जग्गामा सो मन्दिर निर्माण गरी स्थानीय समुदायलाई हस्तान्तरण गरेका हुन् । सो मन्दिरमा शिव, पार्वती, गणेश लगायतका मूर्ति समेत प्रतिष्थापन गरिएको छ ।

सो मन्दिरका अतिरिक्त सोही स्थानमा वशिष्ठ गोत्रीय पाठक कुलायन मन्दिर समेत निर्माण गरिएको छ । सो दुवै मन्दिर निर्माण गर्न करिव २० लाख रुपैया खर्च भएको मन्दिरका सदस्य दिपक पाठकले बताए । नवनिर्मित मन्दिरको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठ, वडा अध्यक्ष बिनोद रेग्मी, सुरेश पाठक लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्द्र प्रसाद पाठकको अध्यक्षतामा भएको थियो ।


No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...