Sunday, March 25, 2018

रत्ननगरमा स्क्याव किड्स कसमसको वार्षिकोत्सव

रत्ननगर, चितवन, १० चैत्र ।
चितवनको रत्ननगर नगरपालिका वडा नं. १० मा रहेको स्क्याव किड्स कसमस (प्रि–प्राइमरी स्कुल) को आज वार्षिकोत्सव तथा दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ । पूर्ण मन्टेश्वरी माध्यममा पढाई हुने सो संस्थामा भएको विभिन्न खेलकुद प्रतियोगिता र परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो । साथै संस्थामा प्रि–प्राइमरी कक्षाको पढाई सम्पन्न गरेका विद्यार्थीहरुलाई दिक्षित समेत गरिएको स्क्याव किड्स कसमसका डाइरेक्टर सि.पि. अधिकारीले बताए ।

कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए । सो दिक्षान्त कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष केशव आचार्य, कालिका वडा नं. ६ का वडा अध्यक्ष बिनोद रेग्मी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शिशिर सिंखडा, अभिभावकहरु किशोर दत्त मिश्र, श्यामाबाबु तिमिल्सीना, अनिता प्रधानले मन्तव्य व्यक्त गरेका थिए । त्यस्तैगरी बैरिया मा.वि. का पूर्व प्रधानाध्यापक निलकण्ठ पौडेल, एम्स चितवका कोषाध्यक्ष सविता पौडेल, सदस्यहरु राजकुमार श्रेष्ठ, देवी आचार्य, शान्ति श्रेष्ठ, प्रमिला रानाभाट, स्वेता उपाध्याय, सविता अधिकारी, एशियन किड्सकी संचालिका राधिका तिमिल्सीना, सुनगाभा बाल संसारकी संचालिका भगवती देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए । संस्थाकी शिक्षिका ममता कोइरालाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम संस्थाकी प्रिन्सिपल शोभा लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...