Saturday, March 24, 2018

क्यान, एन्फा र ओलम्पिकको विवाद हल गरेरै छोड्छु : मन्त्री विश्वकर्मा

काठमाडौं, १० चैत । युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले खेलकुद क्षेत्रमा देखिएका सबैखाले विकृति तथा विसंगतिलाई अन्त्य र समस्या र विवादलाई हल गर्नेगरि आफूले पहलकदमी गर्ने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले खेलकुद क्षेत्रमा देखिएका विकृति, विसंगति र फोहोरलाई आफूले हटाउनेगरि पहलकदमी लिने स्पष्ट पारे । उनले क्यान, एन्फा र ओलम्पिक कमिटि लगायतका खेलकुद संघमा देखिएका विवाद तथा समस्याहरुलाई छिट्टै समाधान गर्नेपनि विश्वास दिलाए ।

मन्त्री विश्वकर्माले सुशासन र सृमद्धि हाँसिल गर्ने कार्यमा केन्द्रति भएर आफूहरुले कामको थालनी गरेको पनि जनाए । निर्वाचन सम्पन्न भएसँगै तीनवटै तहमा सरकार गठन भएर सञ्चालनमा आएको उल्लेख गर्दै उनले भने, ‘अब सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने अभियानमा हामी होमिएका छौं, निर्वाचनको क्रममा वाम गठबन्धनको तर्फबाट हामीले जनतासामू गरेका वाचा र प्रतिबद्धताहरु पूरा गर्छौं ।’
खेलकुद क्षेत्रमा नयाँ भाईव्रेशन आउनेगरि काम गर्ने उनको प्रतिबद्धता थियो । खेलकुद क्षेत्रमा व्याप्त रहेका सबैखाले समस्याहरुलाइ विधिसम्मत् रुपमा हल गर्ने उनको भनाई थियो । उनले भने, ‘विवेक र न्यायसंगत ढंगबाट समस्याहरु समाधान गर्छौं ।’ खेल क्षेत्रमा उत्साह प्रदान गर्नेगरि आफूले गम्भिर पहल लिएको उनले जनाए ।

सन् २०१९ मा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता हुने भएकोले उक्त प्रतियोगिता समयमै सम्पन्न गर्नेगरि आफूहरु तयारीमा जुटिसकेको पनि उनले जनाए । उनले चालु आर्थिक वर्षमा निर्माण कार्य सम्पन्न गर्नुपर्ने पूर्वाधारको बारेमा जानकारी लिन १५ दिनभित्रै प्रतिवेदन ल्याउनेगरि मन्त्रालयका सह–सचिवको नेतृत्वमा समिति गठन भएर कार्य आरम्भ भैसकेको पनि जानकारी दिए ।

त्यस्तै ८ औं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि समयमै सम्पन्न गर्ने उनले विश्वास दिलाए । उनले मुलुक संघीय व्यस्था अनुरुप अघि बढेकोले केही ऐन तथा कानूनहरु परिमार्जन गर्ने कामलाई पनि आफूले अघि बढाएको सुनाए । यही चालु वर्षभित्रै काठमाडौं केन्द्रित अन्र्तराष्ट्रिय स्तरको अध्याधुनिक खेल मैदानको डिपिआर कार्यआरम्भ सुरु गर्ने पनि उनले जनाए । भुकम्पले ध्वस्त बनाएको दशरथ रंगशालाको पनि समयमै पूर्ननिर्माण हुने उनले जनाए ।

मन्त्री विश्वकर्माले ७ वटै प्रदेशमा आधुनिक सेवा सुविधासम्पन्न स्ेटेडियम बनाईनेगरि आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने जनाए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...