Saturday, March 24, 2018

मकैबारीमा राज्यमन्त्री चौधरी

काठमाडौं, १० चैत । शनिबार बाराको सिम्रौनगढको मकैबारीमा सर्वसाधारण तीन छक्क परे । उनीहरूले समस्याग्रस्त मकैबारीमा कृषि राज्यमन्त्री रामकुमारी चौधरीलाई भेटे । मकैखेती गरेपनि घोघामा दाना नआएको जनगुनासो गर्नासाथ कृषि राज्यमन्त्रीको प्रत्यक्ष भेटपछि कृषकहरू समस्या समाधानमा ढुक्क भएका छन् ।

सो क्षेत्रको हजारौं हेक्टरमा मकैखेती लगाइएको छ । मकै नगदे बाली पनि हो । तर, यसपालीको बालीमा मकै खेर जाने अवस्था आएपछि सर्वसाधारणले समस्या समाधानका लागि बारम्बार कृषि मन्त्रालय अन्तर्गतका निकायमा गुनासो गरेका थिए ।

‘यो अवस्था देखेर किसान मर्कामा परेको अनुभुत गरेकी छु’, मन्त्री चौधरीले भनिन्,‘यसको कारण बुझि तत्काल रिपोर्ट बुझाउन बारा जिल्ला कृषि अधिकृत लगायतका कर्मचारीहरूलाई निर्देशन दिने काम गरेकी छु ।’

उनी बाराका विभिन्न क्षेत्रमा भएका खेतीको अनुगमन र निरिक्षणमा सक्रिय रहेकी छन् । शनिबार साँझ काठमाडौं फर्कन लागेकी मन्त्री चौधरीले भनिन्,‘जनगुनासो व्यापक भएपछि हज्जारौं हेक्टरमा लगाईको बाली निरिक्षण गर्न आएकी हुँ । कृषिमा हामी आत्मनिर्भर बन्ने कुरा गर्दैछौं हाम्रो उत्पादन किन मरिरहेका छन् भन्नेमा समाधान खोज्नैपर्छ ।’

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...