Saturday, March 24, 2018

प्रमको भारत भ्रमणअगावै पार्टी एकता : मन्त्री पुन

काठमाडौँ, १० चैत :ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले प्रधानमन्त्रीको भारत भ्रमणअगावै पार्टी एकता गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) निकट पाल्पा–काठमाडौँ संघीय गणतान्त्रिक सम्पर्क मञ्चद्वारा यहाँ आज आयोजित बैठक तथा प्रशिक्षण कार्यक्रममा उहाँले आगामी १० दिनभित्रमा पार्टी एकता हुने गरी पार्टी एकता संयोजन समितिले काम गरिरहेको जानकारी दिनुभयो ।

मन्त्री पुनले भन्नुभयो –“यही चैत २३ गते हुने प्रधानमन्त्रीको भारत भ्रमण अगावै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुने गरी काम भइरहेको छ ।”

संविधान जारी भई कार्यान्वयनको प्रक्रियामा रहेको अवस्थामा वाम गठबन्धनबीचको पार्टी एकतासँगै मुलुक आर्थिक, सामाजिक र सांस्कृतिक विकासको बाटोमा अगाडि बढ्ने उहाँले बताउनुभयो ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य रामप्रसाद बन्जाडे, पूर्व सभासद्द्वय विनोद पहाडी र तुलसा रानाले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धिका लागि संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकले घनश्याम बस्यालको नेतृत्वमा ३५ सदस्यीय मञ्चको नयाँ कार्यसमिति र पूर्वसांसद तुलसा राना मगरको नेतृत्वमा नौ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...