Saturday, March 24, 2018

‘स्वतन्त्रता सेनानी सम्मान तथा पत्रकारिता पुरस्कार’ दाहाललाई

पाँचथर, १० चैत: नेपाल पत्रकार महासंघ पाँचथर शाखाले यस वर्षको “स्वतन्त्रता सेनानी सम्मान तथा पत्रकारिता पुरस्कार–२०७५’ नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ ।

शाखाको आज बसेको बैठकले पत्रकारिताको माध्यमबाट नागरिक स्वतन्त्रताका लागि महत्वपूर्ण योगदान पु¥याएको भन्दै दाहाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको शाखाले जनाएको छ । सम्मान तथा पुरस्कारको राशि रु २२ हजार २२२ रहेको छ ।

यसअघि उक्त पुरस्कारबाट महासंघका पूर्वसभापति विष्णु निष्ठुरी, शिव गाउँले र किशोर नेपाल सम्मानित भइसक्नुभएको छ ।

यसैगरी, रु पाँच हजार ५५५ राशिको “स्व हरिचरण—भद्रमाया वातावरण पत्रकारिता पुरस्कार—२०७५’ स्थानीय पत्रकार राधा लुईंटेललाई प्रदान गरिने महासंघले निर्णय गरेको छ ।

सम्मान र दुवै पुरस्कार आगामी २०७५ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा वितरण गरिनेछ । साथै, सोही अवसरमा महासंघको शाखा भवनको शिलान्याससमेत गर्ने कार्यसमिति बैठकले निर्णय गरेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...