
जिम्वावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालले भोलि बिहीबार दिनको सवा एक बजे स्कटल्यान्डको सामना गर्दैछ । छनौट चरण अन्तर्गत नेपालको यो दोश्रो खेल हो । यस अघि नेपालले जिम्बाबेसंग ११६ रनले पराजय भोगिसकेको छ ।
यो चरणको खेलमा निकै राम्रो खेल खेलिरहेको स्कटल्यान्ड र नेपालबीच एकदिवसीय खेलमा कस्तो नतिजा आउला भन्ने सर्वत्र चर्चा भैरहेको छ । स्कटल्याण्ड संग यो नै पहिलो खेल भने होइन । यस अघि पनि पटक पटक खेल भैसकेको छ । दुई देशबीच पछिल्लो चार वर्षमा तीन पटक प्रतिस्पर्धा भएको छ। पछिल्ला तीन वटै खेलमा नेपालले पराजय भोगेको छ। जितको सम्भावना कस्तो छ ? ( हेर्नुहोस भिडियोमा)
No comments:
Post a Comment