Tuesday, March 20, 2018

गिरिजाप्रसाद कोइराला लोकतन्त्रका महानायक : मुख्यमन्त्री राई

 विराटनगर, चैत ६ । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले स्व. गिरिजाप्रसाद कोइराला लोकतन्त्रका महानायक भएको बताएका छन् ।

सबै नेपालीलाई कोइरालाले लोकतन्त्रको मालिक बनाएको भन्दै उनी लोकतन्त्रका महानायक भएको मुख्यमन्त्री राईले बताए ।

स्व. कोइरालाको आठौं पुन्यतिथिको अवसरमा मंगलबार विराटनगरमा आयोजित विचार गोष्ठीमा उनले कोइरालाको अगुवाइमा मुलुकमा ठूलो राजनीतिक उपलब्धि हासिल भएको चर्चा गरे ।

उनले कोइरालाको नाममा संग्रहालय स्थापना गर्न प्रदेश सरकार तत्पर रहेको पनि बताए ।

राजनीतिक आस्था, विचारभन्दामाथि उठेर समग्र प्रदेशको आर्थिक विकासका लागि सबै दल मिलेर अघि बढ्नुपर्ने मुख्यमन्त्री राईको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले १ नम्बर प्रदेशको समग्र विकासका लागि कांग्रेसले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले नेपालको राजनीतिमा गिरिजाप्रसाद कोइरालाको भूमिकाको चर्चा गरिन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...