Tuesday, March 20, 2018

संविधान संशोधन नभए मुलुकमा अर्को द्वन्द्व सुरु हुन्छः डा.भट्टराई

लहान, चैत ६ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नभए मुलुकमा अर्को द्वन्द्वको बीउ रोपिने खतरा रहेको बताएका छन् ।

प्रदेश नं १ र २ का कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमका लागि लहानमा रहेका पूर्वप्रधानमन्त्री डा भट्टराईले आज बिहान आयोजित पत्रकार सम्मेलनमा संविधानप्रति मधेशी जनताको तीव्र असन्तुष्टि रहेकाले यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

मधेशी दलका नेतामा अवसरवादी प्रवृत्ति देखिएको आरोप लगाउँदै उनले संविधान संशोधन गराउने विषय बोकेर जनताबाट पाएको मतको कदर गर्न उनले सुझाव दिए ।

यसअघि आज बिहान डा भट्टराईले लहानस्थित शहीद उद्यान पुगेर मधेस आन्दोलनको पहिलो शहीद रमेश महतोलगायत शहीदको शालिकमा माल्यार्पण गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...