Wednesday, March 7, 2018

नारी दिवस भब्यता साथ मनाउन हामी तयार छौ : प्रभा भट्टराई देउजा,अध्यक्ष एएनएस

विजय थापा ,उत्तर अमेरिका कै सबै भन्दा जेष्ठ नेपालीहरुको मुनाफा रहित सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी (समाज )ले नारी दिवस भब्यता साथ मनाउन हामी तयार रहेको अध्यक्ष प्रभा भट्टराई देउजाले बताइन ।

उनले अगाडी भनिन यस पटक डिसी क्षेत्रका सकृय संघ/संस्था संग को सहकार्यमा अन्तर्राष्ट्रिय महिला दिवस को आयोजना गर्ने बताइन । संस्थाले आगामी मार्च १० तारिख शनिबारका दिन डिसी क्षेत्रको भर्जिनिया स्थित सेन्टरभिल पुस्तकालमा मनाउने भएको छ ।

उनले भनिन बिशेष वक्ताहरुको छनौट भएको छ भन्दै सवैको सहकार्यमा हुने कार्यक्रम देखि आफू उत्साहित रहेको बताइन । हामि भाषण भन्दा बिषय वस्तुमा प्रवेश गर्ने हुनाले कार्यक्रम राम्रो हुने आशा गरेको बताइन ।

उनले अगाडी भनिन कार्यक्रम ३ देखि ४:३० सम्म कार्यक्रम हुने र त्यस पछि ४:३० देखि ५ बजे सम्म सामाजिक समय (सोसल आवर ) राखिएको जनाइन ।

नारी दिवसको लागि डिसी क्षेत्रका स्थापित र चर्चित अन्य संघ/संस्थाहरुमा एएनएन ,आन्वा ,अन्तर राष्ट्रिय कलाकार मंच ,अनेसास डिसी ,एनपीपीए ,एनओए तथा एनआरएन भर्जिनिया शाखाको सहभागिता हुने बताइन ।

। नारी दिवस यो ८ मार्चमा विश्वभर मनाइन्छ । अन्तरराष्ट्रिय महिला दिवस महिला जागरूकता सम्बन्धी दिवस हो ।राजनितिक तवर बाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय दर्जा प्रदान गरिएको थियो ।

अध्यक्ष देउजाले वक्ताहरुका कुरा सुन्ने ठूलो अवसर भएकोले यस क्षेत्रमा बसोबास गर्ने सवैलाई ईनेप्लिज तथा आफुले सबैलाई आमन्त्रण गर्न चाहेको बताइन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...