Monday, March 19, 2018

टेण्डर हर्टस् फाउण्डेसनद्वारा विमान दुर्घटनामा दिवँगतहरुको सम्झनामा दीप प्रज्वलन

टेण्डर हर्टस् फाउण्डेसनको आयोजनामा भर्जिनियाको राजधानी मन्दिरको परिसरमा हालै नेपालमा युएस वाङ्गला विमान दुर्घटनामा दिवँगतहरुको सम्झनामा मैनवत्ती वालेर तथा तिनका नाममा वेलून उडाएर श्रध्दा अर्पण गरियो । सो अवसरमा राजधानी मन्दिरका नेपाली पण्डित मोतीलाल शर्माले बैदिक मन्त्रोच्चारण गर्दै श्रध्दा अर्पण गरिएको थियो ।
साथै आयोजकका तर्फवाट र केही उपस्थित मध्येवाट समेत श्रध्दा व्यक्त गरिएको थियो । सो अवसरमा हालै दिवङगत भएका हर्डन निवासी सुदर्शन सिग्देलप्रति पनि शोक व्यक्त गरिएको थियो ।
कार्यक्रमको अन्तमा दिवङ्गतहरुको नाममा उडाइएका वेलुनहरु माथिमाथि आकाशमा पुग्दा ती दिवङ्गतहरु त्यसरी टाढा टाढा गऐको जस्तो मानेर उपस्थितहरुले हेरेको दृश्य निकै भावुक देखिन्थ्यो ।
तर कार्यक्रमको आयोजनामा केही खट्केका कुराहरु पनि रहेका थिए । आयोजकहरुले  विमान दुर्घटनामा दिवङ्गत भने पनि सो विमानमा दिवङ्गत विद्यार्थीहरुको लागि मात्र सो आयोजना गरेको वुझिन्थ्यो । किनभने तिनका मात्र तस्वीर त्यहाँ देखिन्थे । त्यहाँ राखिएका तस्वीरहरुमा एकजना जीवितै रहेको कसैले वताएपछि यौटा फोटो उप्काइएको थियो । सो दुर्घटनामा दिवङ्गत कोको हुन् सो समेत कसैले त्यहाँ वताइदिएको भए कार्यक्रमको सार्थकता वढ्ने थियो । आगामि दिनमा कार्यक्रम गर्दा थप गृहकार्य गर्नुपर्ने देखिएको सहभागीहरुको मत रहेको वुझिन्थ्यो ।
(www.vpkonlinenews.com को सौजन्य)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...